Skip This
कुलिङ पिरियडमा गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सभामुखले थाले छलफल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २६ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलिङ पिरियडमा गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सभामुखले थाले छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १७:३६:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल गरेका छन्। 

उनले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा संसदीय विशेष समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदन कार्यान्वयनबारे सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेसँग छुट्टाछुट्टै छलफल गरेका हुन्। 

प्रतिवेदन कार्यान्वयनको विषयमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग पनि सभामुख घिमिरेले छलफल गरेका छन्। छलफलहरूमा सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए। कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको भन्दै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे। 

राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै घिमिरेले समितिको काम अब धेरै समय रोक्न नसकिने प्रस्ट्याए। 

बर्तौला र घिमिरेले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुख घिमिरेलाई सुझाव दिएको सचिवालयले जनाएको छ। सभामुखले गत शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग प्रतिवेदन कार्यान्वयनबारे परामर्श गरेका थिए। 

सभामुखले मंगलबार पनि अलग–अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेका छन्।