
आउटरिच नेपालले आफ्ना एक्टिभेशन तथा डिजिटल पार्टनरहरू लेमन र डिजिटलीइनसँग मिलेर यसपटक पनि ‘फ्लेम अवाड्र्स साउथ ईस्ट एसिया २०२५’मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ।
यो कार्यक्रम ८ अगष्टमा भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारकामा सम्पन्न भएको हो। आटरिचले युनिलिभरका लागि सात, सामसङका लागि दुई, एनसेलका लागि दुई, माउण्टेन ड्युका लागि एक र शिखर इन्स्योरेन्सका लागि एक अवार्ड प्राप्त गरेको हो। तीमध्ये तीन स्वर्ण, पाँच रजत र पाँच कास्य अवार्ड हुन्।
फ्लेम अवाड्र्सको आयोजना रुरल मार्केटिङ एसोसियसन अफ इण्डिया –आरएमएआई)ले गरेको हो। व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलार्ई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ। यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डबाट सहभागिता थियो। यो पटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको बताइएको छ।
पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एण्ड यङ (इवाई)द्वारा आधिकारिक रूपमा अडिट गरिएको थियो। निर्णायक मण्डलको सहअध्यक्षता बिस्लेइन्टरनेशनलका सिइओ एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा सिइओ डा. वेङ्कट्राम वसन्तवाडाले गरेका थिए। जसमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञहरू र भियतनाम, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल, इन्डोनेसिया र सिङ्गापुरका १५ भन्दा बढी ख्यातिप्राप्त दक्षिण पूर्वएसियाली निर्णायकहरू सहभागी थिए।