Skip This
केपी ओलीको आरोप– मदन भण्डारी फाउन्डेसन ठगी खाने भाँडो बन्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको आरोप– मदन भण्डारी फाउन्डेसन ठगी खाने भाँडो बन्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीकै नाममा खोलिएका प्रतिष्ठानलाई केही व्यक्तिले ठगी खाने भाँडो बनाएको आरोप लगाएका छन्।

मदन भण्डारी फाउन्डेसनप्रति लक्ष्य गर्दै ओलीले पार्टीको नाममा बनाइएको संस्थालाई पारिवारिक संस्था बनाएको टिप्पणी गरेका हुन्। सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीकै नाममा एउटा माक्र्सवादी अध्ययन कक्षा कि मार्क्सवादी–लेनिनवादी अध्ययन कक्ष, कम्युनिस्ट पाठशाला के भनेर बनाएको छ। यही भक्तपुरको कहाँनेर राखेको छ। त्यत्तिकै व्यक्तिगत बनाएको छ। एउटा व्यक्तिको हो कि परिवारको श्रीमान्–श्रीमतीको संस्था हो कि? आन्दोलनको निम्ति काम गर्छ कि? त्यो एउटा ठगी खाने भाँडो भएको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’

पदमा बसिरहेर संस्थालाई नै माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई आफ्ना समर्थकको रूपमा देखाएर संस्थालाई आफ्नो नियन्त्रणमा राखिरहेको बताए। मदन भण्डारी फाउन्डेसनका नेतृत्वकर्ताहरूले विकृतिपूर्ण लेखहरू प्रकाशित गरेर स्मृति दिवस मनाउन र श्रद्धाञ्जली सभा गर्न नपाइने स्थिति बनाएपछि मदन–आश्रित स्मृति प्रतिष्ठान बनाएको ओलीको भनाइ थियो।

मदन–आश्रित स्मृति प्रतिष्ठान पार्टी र आन्दोलनप्रति निष्ठाका साथ जन्मेको दाबी गर्दै उनले भने, ‘यति हो– मदन भण्डारीका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रिपमा नगएको मात्रै हो।’ 

मदन भण्डारी फाउन्डेसनका पदाधिकारी र चक्रपथ अनलाइनको प्रस्तुति हेर्दा उक्त फाउन्डेसनको भविष्य अन्योलमा रहेको ओलीले चेतावनी दिए। ‘अब त्यसको आगामी दिनमा कसरी जान्छ भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ। त्यसका पदाधिकारीहरूका अभिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने भन्ने कुरा अन्योलमा छ,’ उनले भने।