
भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धरालीमा २० साउनमा भएको हिम पहिरोमा ८ जना नेपाली अझै बेपत्ता छन्। उत्तराखण्डकै पौरी गढवालको बगुडामा पहिरोमा २१ साउनको पहिरोमा हराएका ५ जनामध्ये एकजनाको शब भेटिएको छ ।
परराष्ट्र मन्त्रालयका प्रबक्ता लोकबहादुर पौडेल क्षेत्रीले धरालीबाट १३ नेपालीहरुको जीवितै उद्दार भएको र पौरी गढवालबाट उद्दार भएका पाँचजनामध्ये पाँचजनाको जीवितै उद्दार भएको जानकारी दिए ।
‘पौरी गढवालमा उद्दार भएकामध्ये तीनजना उपचारपछि फर्केका छन् भने दुईजना अस्पतालमा उपचाररत छन् । बेपत्ता पाँचजनामध्ये एकजनाको शब भेटिएको तर सनाखत हुन बाँकी रहेको पौडेलले बताए ।
‘नेपाली राजदुताबासले उत्तरखखण्ड सरकारसँग समन्वय गरिरहेको छ र बेपत्ता नेपालीहरुको खोजीका लागि अधिकतम प्रयास भइरहेको छ’ परराष्ट्र प्रबक्ता क्षेत्रीले नयाँ पत्रिकासँग भने ।