Skip This
फोटोन नेपालको मनसुन अफर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फोटोन नेपालको मनसुन अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

 फोटोन नेपालले मेगा मनसुुन क्याम्प सुरु गरेको छ । जसअनुसार देशभर रहेका फोटोनका आधिकारिक सर्भिस सेन्टरमा स्पेयर पार्टस्मा १५ प्रतिशत छुट तथा चालकको निःशुल्क स्वास्थ्य परीक्षणलगायत सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

फोटोन सवारीधनीलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिको सामना गर्न, सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न यो योजना ल्याएको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारीसाधनलाई समेट्नेछ ।

सहभागीले क्याम्प अवधिभर स्पेयर पार्टस्, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । प्याकेजमा निःशुल्क सवारीवास र ग्रिजिङ सेवासमेत समावेश छ । त्यस्तै, ग्राहकका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । यसले सवारीसाधन मात्र होइन, चालकको सम्पूर्ण स्वास्थ्यप्रति पनि फोटोनको प्रतिबद्धता मजबुत रहेको देखाउने कम्पनीको भनाइ छ ।

मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ। एमएडब्लू वृद्धि कमर्सियल नेपालमा फोटोनको आधिकारिक वितरक हो । अटोमोबाइलमा फोटोनको छुट्टै पहिचान छ।