Skip This
पर्यटक भिसामा नेपाल आएर क्याफे चलाउँदै आएकी फ्रेन्च महिला पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
टेकराज थामी काठमाडौं
Invalid date format १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार

पर्यटक भिसामा नेपाल आएर क्याफे चलाउँदै आएकी फ्रेन्च महिला पक्राउ 

एक सातामै तीन चिनियाँसहित सात विदेशी पक्राउ

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

नेपालमा लामो समयदेखि बसेर शंकास्पद गतिविधिमा संलग्न एक फ्रेन्च महिलालाई अध्यागमन विभागले पक्राउ गरेको छ। लैनचौरमा टेरा साम्पा नामक क्याफे सञ्चालन गर्दै आएकी फ्रेन्च महिला पक्राउ परेकी हुन्। अध्यागमनले ती महिलाको नाम गोप्य राखेको छ।  ललितपुरमा पनि एक नेपालीसँग मिलेर उनी रैथाने खानासम्बन्धी व्यवसायमा आबद्ध थिइन्। 

उनको क्रियाकलाप  शंस्कास्पद लागेकाले पक्राउ गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। उनका अनुसार ती महिला सन् २०१४ देखि कम्तीमा १५ पटक नेपाल आएको देखिन्छ । वाल्मीकि विद्यापीठमा भर्ना भएर विद्यार्थी भिसा पनि लिने र पछि फेरि पर्यटक भिसा लिएकी थिइन्। पर्यटक भिसामा बसेर व्यापार तथा अन्य केही शंकास्पद गतिविधि देखिएपछि विभागले उनलाई नियन्त्रणमा लिएको हो । विभागले उनलाई निगरानी सूचीमा राखेको थियो ।

शंकास्पद रूपमा नेपालमा बस्दै आएका विदेशीमाथि विभागले निगरानी बढाएको छ । विदेशी लगानी ल्याउने सम्झौता गरेर बिजनेस भिसामा बस्ने, तर व्यापार नगर्नेमाथि पनि विभागले कडाइ गर्ने भएको छ।  विभागले यो साता मात्र तीन चिनियाँ, दुई मोरक्कोन र एक बंगलादेशीलाई पनि पक्राउ गरी हिरासतमा  राखेको छ । भिसा नवीकरण नगरी उनीहरु लामो समयदेखि नेपाल बस्दै आएका थिए। 

अध्यागमन विभागमा नयाँ नेतृत्व आएसँगै विभागले विदेशी नागरिकका गतिविधिमाथि निगरानी र छानबिन बढाएको हो।