मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवा बाढीको प्रभाव : व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

गत असार २४ मा तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ।

यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरूलाई सामान आयात गर्नै सकस हुन थालेको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरू अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन्।

कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भए पनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए। ‘लत्ताकपडा, फलफूललगायत करोडौँ रुपैयाँको सामान अहिलेसम्म पनि नाकामै रोकिएको छ। विशेषगरी तिज, दसैँ र तिहारका लागि आयात गर्न लागिएका सामानहरू नाकामै रोकिएका छन्। अबको केही दिनभित्र ती वस्तुहरूलाई नेपाल ल्याउन नसके सिजन आउट हुनुका साथै कुनै सामानहरू कुहिने, सड्ने वा बिग्रेर जाने सम्भावना रहेको छ,’ उनले भने।

विशेषगरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखरलगायत रेडिमेड कपडाहरू आयातमा समस्या भएपछि त्यसले चाडपर्वमा यी वस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए।

अहिले तातोपानी नाकाबाट नेपाल–चीन जोड्ने बाटोमा पनि भोटेकोशी गाउँपालिका– २ कोदारीमा गएको पहिरोले एक सातादेखि यातायात अवरुद्ध हुँदा तातो पानीबाट हुने व्यापारिक कारोबारसमेत प्रभावित भएको छ। यसले व्यवसायीहरूलाई सामान आयात गर्न झनै सकस भएको छ।