Skip This
नाइमा अटो सोमा टिभिएसका बाइक तथा स्कुटर सार्वजनिक गरिँदै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार ११:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाइमा अटो सोमा टिभिएसका बाइक तथा स्कुटर सार्वजनिक गरिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार ११:o८:oo

बुधबारदेखि सुरु हुने नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) प्रदर्शनीमा टिभिएसका विभिन्न दुईपांग्रे सवारीसाधन सार्वजनिक हुने भएका छन् । २५ साउनसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने उक्त प्रदर्शनीमा टिभिएसले बहुप्रतीक्षित प्रिमियम कनसेप्ट मोटरसाइकल, आइसिई इन्जिन तथा इलेक्ट्रिक स्कुटरको नयाँ सिरिज सार्वजनिक गर्न लागेको हो । 

कम्पनीअनुसार टिभिएसको स्टल एल३ए (हल बी)मा प्रस्तुत गरिने नयाँ मोडेलमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आइक्युब र विश्वासिलो जुपिटरलगायतका दुईपांग्रे सवारीसाधन रहनेछन् । साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्युचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 

टिभिएसको स्टलमा आउने सबैले लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौकासमेत पाउनेछन् । सहभागीलाई टिभिएस प्रिमियम हेल्मेट र टिभिएस प्रडक्टमा लाइफटाइम वारेन्टीजस्ता विशेष योजना रहनेछन् ।