मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
२o८२ श्रावण १९ सोमबार १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार

जथाभावी माटो र बालुवा निकाल्दा मैनाबत्ती खोलाको पुल भासियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १९:२६:oo

सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र १२ नम्बर वडामा पर्ने सिक्रौन गाउँको सडक खण्डमा पर्ने मैनाबत्ती खोलाको पुल भासिएको छ । 

मल्हनियाँ पिराडी गाउँहुँदै दक्षिणतर्फ सिक्रौन जाने सडकको उक्त पुल सोमबार बिहान आएको बाढीले भासिदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय विशेश्वर मण्डलले बताए । उनका अनुसार स्थानीय बासिन्दाको विरोधका बाबजुद मैनाबत्ती खोलाबाट अनियन्त्रित रुपमा वालुवा र किनारको माटो निकालेर सडक भर्ने काम गरिएपछि कमजोर भएको बेस बाढीले भासिएको हो । 

करिब डेढ दशकअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको पुल छेउछाउबाट खोला सफा गर्ने नाममा जेसिबी प्रयोग गरी माटो समेत निकालिएको थियो । स्थानीयले विरोध गरे पनि वडा कार्यालय र पालिकाले बेवास्ता गर्दा त्यसको मार अहिले परेको स्थानीयको गुनासो छ । पुल भासिएपछि सिरहाको पश्चिमी भेगमा पर्ने निर्दना, भेडिया, सिक्रौन गाउँबाट मिर्चैया आवतजावत गर्न कठिनाई भएको छ ।