मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
२o८२ श्रावण १९ सोमबार १९:o८:oo
Read Time : > 1 मिनेट
समाचार

हलेँसी माइक्रोबस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १९:o८:oo

हलेँसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ । त्रिधार्मिकस्थल हलेँसीमा दर्शन गरेर सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा एकजनाको मृत्यु तथा १७ जना घाइते भएका हुन् । 

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेँसीमा लागेको महिना दिने ‘बोलबम’ मेला भरेर घर फर्कने क्रममा माइक्रोबस दुर्घटनामा परी मृत्यु हुनेमा सिरहा नराह गाउँपालिका–५, नरहा बलकावानिवासी २८ वर्षीया ममतादेवी यादव रहेकी छिन् । दुर्घटनाग्रस्त माइक्रोबसभित्रै च्यापिएर अचेत अवस्थामा उद्धार गरिएको ममतादेवीलाई कटारी अस्पतालले मृत घोषणा गरेको हो ।

यस्तै, घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव,  ४० वर्षीया मिथिलाकुमारी यादव,  ३० वर्षीयाा पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव र सोही गाउँपालिका–२ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव तथा धनुषा सबेला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव रहेका छन् । उनीहरू सबै जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।  

गम्भीर अवस्थामा रहेका उनीहरूको टाउको, हात तथा खुट्टालगायत शरीरको विभिन्न भागमा गहिरो चोट देखिएको छ । काठमाडौं रिफर गरिएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको उद्धार कार्यमा खटिनुभएका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।  

दुर्घटनामा सामान्य घाइते हुनेमा सिरहा जिल्लाको नराह गाउँपालिका–५ नरहा बलकावाका ३९ वर्षीय रञ्जित यादव, सिराह गोलबजार नगरपालिका–६ गोलबजारका ३७ वर्षीया शिला शर्मा, सिराहकै औरही गाउँपालिका–२ मिना कुमारी शर्मा, नरहा गाउँपालिका–५ का दिपेन्द्र यादव,  १० वर्षीय शिवम् शर्मा र ७० वर्षीय कुस्मवती यादव रहेका छन् । उनीहरूको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा चालक सिरहाको सिरहा नगरपालिका–३ सारसोर बस्ने २८ वर्षीय रामनाथ साह फरार रहेको घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिएका छन् । फरार चालकको खोजीका लागि प्रहरी परिचालन गरिएको जनाइएको छ । 

साँघुरो सडकमा सोमबार बिहान करिब नौ बजेतिर तीब्र गति गुडिरहेको माइक्रोबस अनियन्त्रित भएर सडकमुनि खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जयरामघाट, प्रहरी चौकी च्यास्मिटार, इलाका प्रहरी कार्यालय हलेसी, सशस्त्र प्रहरी बल नम्बर ७ गुल्म हलेसी र ओखलढुङ्गाको हर्कपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेको हो ।