मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

लोककवि अलि मियाँका गीतहरू रेकर्डिङ गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५२:oo

लोककवि अलि मियाँका केही गीतहरू स्थापित गायक-गायिकाको स्वरमा रेकर्ड गरिने भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखराको अगुवाई र लोकगायिका लोचन भट्टराईको सक्रियतामा वर्ष दिनभित्र गीत रेकर्ड गरिने भएको हो।

लोककविको १९औँ स्मृति दिवसका अवसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा आइतबार आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा उक्त जानकारी गराइएको हो। कार्यक्रमकी प्रमुख अतिथि भट्टराईको प्रस्तावमा प्रतिष्ठान गीत रेकर्ड गराउन अग्रसर भएको हो।

‘मैले अलि मियाँ बुबाबाट आशीवार्द पाएकी छु। दुःखको कुरा उहाँ जीवितै छँदा उहाँका कुनै गीत गाउन पाइएन,’ उनले भनिन्, ‘अब हामी सबै मिलेर उहाँका गीत रेकर्ड गर्नेछौं।’ 

पोखरा मियाँ पाटनमा १९७५ फागुन १५ गते जन्मिएका लोककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसंगीतमा लागेर रनबन घन्काउँदै हिँडेका थिए। उनका गीति किताबहरू पनि प्रकाशित छन्।

उनको २०६३ साउन १८ मा निधन भएको थियो। त्यसपछि उनकै सुपुत्र हनिफ मियाँको अध्यक्षतामा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान गठन गरिएको थियो। यसले लोककविको योगदानलाई संसारभर फैलाउन, चिरस्थायी बनाउन र लोकसाहित्य साधकको सम्मान गर्ने काम गर्दै आएको छ।

स्मृति दिवसमा प्रतिष्ठानका अध्यक्ष मियाँले पिता लोककविका गीति कविता गाउनुका साथै रोचक सन्दर्भहरू सुनाएका थिए। त्यसैगरी सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले लोककविको गीत गाएर सुनाएका थिए भने कवि एवं पत्रकार भोजराज न्यौपानेले पोखरा बसाइमा लोककविसँग सँगालेका अनुभूति बाँडेका थिए।

कार्यक्रममा कवि एवं अंग्रेजी विषयका प्राध्यापक केशव सिग्देलले लोककविका सिर्जनाहरू अन्तर्राष्ट्रियकरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।