
कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठकपछि भर्खरै नतिजा सार्वजनिक गरेको हो।बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा भर्खरै मात्र सार्वजनिक भएको बताए।
गत चैत्र २१ देखि २९ गतेसम्म भएको परीक्षामा पाँच लाख हाराहारी विद्यार्थी सहभागी थिए। नतिजाअनुसार यसपटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षक आन्दोलनका कारण केही दिनपछि सरेको परीक्षाको नतिजा प्रकाशनमा पनि ढिलो भएको हो।