मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी निर्वाचित भएका छन् । प्रतिस्पर्धी दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। 

अधिकारी एपोनका पूर्वमहासचिव हुन् भने अघिल्लोपटकको चुनावमा अध्यक्ष पदमै पराजित भएका थिए । सोमबार सम्पन्न ३१ औँ वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

एपोनको कार्यसमिति कुल १३ जनाको छ ।  अध्यक्षमा सर्वसम्मत चुनिएपछि अधिकारीले आफूले संस्थाको हितअनुसार काम गर्ने र औषधि उत्पादन क्षेत्रलाई थप मर्यादित र जिम्मेवार बनाउने बताए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रभात रुंगाटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी, महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक,  कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ चुनिएका छन् ।