मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
तिवारी यादव वीरगन्ज
२o८२ श्रावण १९ सोमबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कटुवा पेस्तोलसहित पर्साबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १८:o२:oo

पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभठ्ठा घर भएर वीरगन्ज–१६ इनर्वागाउँ बस्दै आएका ४० वर्षीय साहेव खाँ रहेका छन्।

कटुवा पेस्तोल साथमा लिएर सर्वसाधारणलाई डरत्रास देखाउँदै हिँडिरहेको भन्ने सूचनाका आधारमा आइतबार साँझ ६ बजे उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार खाँलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ इनर्वागाउँको मस्जिद नजिकबाट नियन्त्रणमा लिएको हो। उनी ससुरालीमा बस्दै आएका छन्।

उनीमाथि हातहतियारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।