
धनकुटाको चौबिसे गाउँपालिकामा लागुऔषध गाँजासहित दुईजना बालकलाई प्रहरीले पक्राउ गरेको छ।
चौबिसे गाउँपालिका–६, राजारानी तालबाट राजारानी बजारतर्फ पैदल आउँदै गरेका सोही स्थानका दुई बालकलाई दुई केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए। इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको पिकेट टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई आज सोमबार लागुऔषध कारोबारसम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। नाबालक भएका कारण उनीहरूको नाम गोप्य राखिएको छ।