मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १९ सोमबार १६:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद

इग्ल्यान्डसँगको अन्तिम टेस्ट खेलमा भारतको रोमाञ्चक जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १६:५४:oo

भारत र इग्ल्यान्डबिचको पाँच खेलको टेस्ट क्रिकेटको सिरिज २–२ को बराबरीको टुंगिएको छ। हारको नजिक पुगिसकेको अवस्थामा भारतले अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ।

ओभल मैदानमा भएको पाँचौँ खेलको पाँचौँ दिन सोमबार भारतले रोमाञ्चक जित निकालेको हो। अन्तिम दिन इग्ल्यान्डसँग तीन चार विकेट हुँदा ३५ रन चाहिएको थियो । इंग्ल्यान्डको सहज तिजको अपेक्षा गरिएको थियो । तर, भारतीय बलरले उत्कृष्ट बलिङ गर्दा भारत ६ रनले विजयी भएको हो । भारतका लागि मोहम्मद सिराजले पाँच विकेट लिएका थिए। ह्यारी ब्रुकको क्याच छाडेकोमा आलोचित बनेका उनले अन्तिममा टिमलाई जित दिलाएका हुन्। भारतको टेस्ट इतिहासमै रनका हिसाबले यो सबैभन्दा कम अन्तरको जित हो। 

पाँचौँ टेस्टमा पहिले बलिङ गरेको इग्ल्यान्डले ३७४ रनको लक्ष्य पाएको थियो । ह्यारी ब्रुक र जोय रुटले शतक हानेपछि इंल्याण्ड जितको नजिक पुगेको थियो । तर, भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाएका छन् । 

यससँगै भारतका नयाँ टेस्ट कप्तान शुभमन गिलका लागि सिरिजको सुखत अन्त्य भएको छ । व्यक्तिगत रूपमा उनले यो सिरिजमा धेरै रेकर्ड बनाए । सिरिजमा सबैभन्दा धेरै रन बनाउने भारतीय खेलाडीका रुपमा उनले आफ्नो रेकर्ड बनाएका छन् । सिरिज पनि बराबरी गरेपछि टेस्ट कप्तानीको सुखद् सुरुवात भएको छ।