मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format o८:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डलाई ३५ रन आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

भारतविरुद्ध पाँचौँ तथा अन्तिम टेस्टमा जित निकाल्न घरेलु टोली इंग्ल्यान्डलाई ३५ रन आवश्यक छ । भारतले जितका लागि ३७४ रनको लक्ष्य दिएको थियो । चौथो दिन आइतबार वर्षाका कारण खेल रोकिँदा इंग्ल्यान्डले ६ विकेट गुमाएर ३३९ रन जोडेको छ । इंग्ल्यान्डले सोमबार यसै स्थितिबाट ब्याटिङ गर्नेछ । 

दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि जोए रुटले १०५ तथा ह्यारी बुकले १११ रनको योगदान दिएका थिए । दुवैले चौथो विकेटका लागि १९५ रनको साझेदारी गर्दै घरेलु टोलीलाई १०६–३ बाट ३०१–४ को बलियो स्थितिमा पु¥याए । रुटले १५२ बलमा १२ चौका प्रहार गरे ।

ह्यारीले ९८ बलमा १४ चौका र दुई छक्का प्रहार गरेका थिए । भारतका लाग प्रसिद्ध कृष्णाले २२.२ ओभरमा तीन विकेट र मोहमद सिराजले दुई विकेट लिएका छन् । यसअघि भारतको दोस्रो इनिङ्स ३९६ रनमा सीमित भएको थियो । भारतका लागि यशस्वी जैसवालले ११८ रनको योगदान दिए । रवीन्द्र जडेजाले ५३ तथा वासिङटन सुन्दरले ५३ रन बनाए ।