मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १७ शनिबार १२:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा खोल्सामा खसेर एक जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार १२:३८:oo

नवलपुरको गैँडाकोट नगरपालिका १४ नगरटाँडीस्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर शनिबार विहान देवचुली नगरपालिका १६ रहजर निवासी ५१ वर्षीय किसान न्यौपानेको मृत्यु भएको हो । 

शुक्रबार साँझ घरबाट नगरटाँडी स्थित जाली फ्याक्ट्रीमा काम खोज्न जान्छु भनि साइकल लिइ हिडेको उनी  शनिबार विहानसम्म घर फर्किएका थिएनन् । उनलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ। घटनास्थल नजिकै साइकल फेला परेको र उनी साइकलबाट लडेर खोल्सामा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।