मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्द्रसरोवरबाट लागुऔषधसहित चार भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेबी क्षेत्रबाट सशस्त्र प्रहरीले लागुऔषधसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाब आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन्।

सशस्त्र प्रहरीले उनीहरूलाई २४ सय थान नुर्फिन, २ हजार ४० थान डायजेपाम, २४ सय थान प्रोमेथाजिन हाइड्रोक्लोराइड र ५ थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित पक्राउ गरिएको हो। 

मकवानपुर प्रहरीका अनुसार शनिबार राति हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डमा बिआर ०५ पिए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडी रोकेर जाँच गर्दा उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरिएको हो।

मकवानपुर प्रहरीका अनुसार भारतबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको उक्त स्कारपियो गाडीमा तीनवटा फल्स बटम (नक्कली भित्री भाग) बनाएर उक्त लागुऔषध लुकाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरिएको हो।

बरामद गरिएको लागुऔषध, गाडी र पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भीमफेदीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।