मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कुलिङ पिरियडमा एमालेले ‘म्याउ’ गर्‍यो : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१२:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐनमा गरिएको संशोधनमा एमाले ‘म्याउ’ गरेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले एमाले सांसदले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावले माओवादीको शंकालाई पुष्टि गरेको बताए ।

‘कुलिङ पिरियडमा एमालेले अन्तत: म्याउ गर्‍यो,’ प्रचण्डले भने, ‘एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादीले उठाएको शंका पुष्टि भएको छ ।’

प्रचण्डले सरकारका कारण शिक्षक अपमानित भएको पनि दाबी गरे । ‘शिक्षकले सडकमा आउनुनपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्‍यो । तर, त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए । माओवादी सरकारमा भएको भए शिक्षक अपमानित हुन पर्दैनथ्यो,’ उनले भने ।

प्रचण्डले पछिल्लोपटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले तत्परता नदेखाएको भन्दै आपत्ति जनाए । ‘सरकार तयार नभएपछि तपाईंहरू (शिक्षक) सडकमा रहनुपर्‍यो, आन्दोलनमा हुनुभयो । सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,’ उनले भने, ‘हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौँ, तर अहिले त्यसमा षड्यन्त्र गरिएको छ ।’

कांग्रेस–एमालेमा वैचारिक नेतृत्वको खडेरी
प्रचण्डले कांग्रेस, एमालेमा वैचारिक नेतृत्वको खडेरी परेको दाबी गरे । ‘एमालेमा वैचारिक संकट छ, जबजको उत्तराधिकारीको अन्योल छ,’ प्रचण्डले भने । मदन भण्डारीसम्बन्धी एमाले अध्यक्ष केपी ओलीका अभिव्यक्तिले त्यहाँभित्रको संकट उजागर गरेको उनले बताए । कांग्रेसमा पनि बिपी र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूले खेलेको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिएको उनले दाबी गरे । माओवादी जनतासँग जोडिने अभियानमा रहेको पनि उनले बताए । 

नेकपा जोगाउन सकिएन
पुष्पलाल स्मृति दिवसको अवसरमा शनिबार नै आयोजित ‘निर्वासन’ लोकार्पण कार्यक्रममा प्रचण्डले विचार र राजनीतिक कार्यदिशाका आधारमा कम्युनिस्ट पार्टीको एकता हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टिक्न नसकेको स्मरण गर्दै उनले कम्युनिस्टको साइनबोर्ड टाँगेर गैरकम्युनिस्ट गतिविधि गर्नेसँग एकता सम्भव नहुने बताए । 

आफ्नै प्रस्तावमा पार्टी एकता भएर नेकपा बनेको स्मरण गर्दै प्रचण्डले आफूले एकता जोगाउन केपी ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री खानुस् भन्दा पनि नसकिएको स्मरण गरे । ‘हामीलाई जनताले विश्वास गरेर दुईतिहाइनजिक पुर्‍याइदिएका हुन्, तर टिकेन । प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भने ओलीजीलाई, मैले पार्टीचाहिँ अलि राम्रो बनाउने मन छ, पार्टीको जिम्मा दिनुस् भनेको थिएँ । एउटा बैठक मात्रै मैले अध्यक्ष भएर चलाएको थिएँ, ९० प्रतिशत नेताहरू खुसी हुनुहुन्थ्यो । मलाई लाग्यो अब एकता लामो जान्छ । तर, अर्को हप्ता त प्रचण्डले पार्टी सिध्याउने भयो भनेर पशुपतिको होटेलमा बसेर मविरुद्ध हमला गर्न साँठगाँठ भयो,’ उनले भने । एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले भावनाले मात्रै कम्युनिस्टहरू एक हुन नसक्ने बताए । सही विचार नभई एकताबद्ध गर्न नसकिने उनले औँल्याए । खनालले राष्ट्रिय हितविपरीत सरकारले भारतसँग तीनवटा सन्धि सम्झौता गर्न लागेको भन्दै ध्यानाकर्षणसमेत गराए । सुपुर्दगी सन्धि, कोशी उच्च बाँध र नागरिकता विधेयकबारे उनले ध्यानाकर्षण गराएका हुन् । भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न नसके त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने भन्दै खनालले सबै देशभक्त नागरिक सचेत हुन जरुरी रहेको औँल्याए ।