मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Saturday, 26 July, 2025
२o८२ श्रावण १० शनिबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा खोलामा पुरुष मृत फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार १७:५२:oo

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४, डुम्रे खोलामा एकजना ७७ बर्षीय पुरुष मृत फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका ३ चिसापानीनिवासी ७७ वर्षीय रेवनसिंह खंगाहा मृत अवस्थामा फेला परेका हुन्। 

प्रहरीका अनुसार विनयी त्रिवेणी ४ का वडाध्यक्ष साहिल श्रेष्ठले प्रहरीले खबर गरेपछि प्रहरी उक्त स्थानमा पुगी घटनास्थल सुरक्षित राखी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। 

उनी हिजो दिउँसो घरबाट बगैँचातर्फ जान्छु भनी निस्केर बेपत्ता भएका थिए। उनको शव आज खोलामा घोप्टो परेको अवस्थामा फेला परेको हो।