मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Saturday, 26 July, 2025
२o८२ श्रावण १० शनिबार ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिटी रिक्सा चार्ज गर्ने क्रममा दम्पतीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार ११:५९:oo

सप्तरीको रुपनी गाउँपालिका–२ मा शनिबार सिटि रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। मृतकहरूमा स्थानीय ४५ वर्षीय बालेश्वर मण्डल र ३५ वर्षीया रामकुमारी खंग रहेका छन्।उनीहरु श्रीमानश्रीमती‌ हुन्। श्रीमानलाई करेन्ट लागेपछि  श्रीमती छुटाउन जाँदा दुवै जनाको मृत्यु भएको हो।  

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रुपनीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले मृतकका शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ।प्रारम्भिक अनुसन्धान अनुसार सिटि रिक्सा चार्ज गर्ने क्रममा लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।