
बागमती प्रदेशमा नेपाली कांग्रेसबाट नियुक्त चार मन्त्रीले राजीनामा दिएका छन्।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन्।
उनीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामापत्र ह्वाट्सएपमा पठाएको बताएका छन्।