मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्जन्हामा नहरमा डुबेका बालक मिर्चैयामा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

सिराहाको कर्जन्हा नगरपालिका ११ बगहास्थित कमला नहरमा डुबेर हराइरहेका करिब ६ वर्षीय बालक एक दिनपछि शुक्रबार अपराह्न मृत भेटिएका छन्। कर्जन्हा ११ बगहा पासवान टोलका दीपक महराका छोरा शिवा महरा बिहीबार दिउँसो हजुरआमासँग भैँसी चराउन जाँदा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा शुक्रबार अपराह्न करिब ४ बजेतिर मिर्चैया नगरपालिका ३ वीरपुर बजारदेखि दक्षिणपट्टि कमला नहरमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

 मृतक बालकको शव भेटिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मिर्चैया प्रहरीले बिहीबार बिहान करिब १० बजेतिर नहरमा डुबेका बालकको परिवारजन र स्थानीयले खोजी गरे पनि फेला नपरेपछि दिउँसो करिब साढे २ बजेतिर मात्र खबर आएको जनाएको छ। 

खबर पाएलगत्तै बालक डुबेको स्थानमा पुगेको प्रहरी खोजतलास गर्दा नभेटिएपछि राति करिब साढे ७ बजेसम्म नहरको दक्षिणतर्फ खोजी गरेर फर्किएको थियो। राति अँध्यारोमा खोजी गर्न गाह्रो भएपछि खोजतलास रोकेर पुनः शुक्रबार बिहानदेखि नै खोजी गर्ने क्रममा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।