मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
२o८२ श्रावण ९ शुक्रबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशमा तत्काल पाँच सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

चुरेमा पानीको रिजर्भ्वायर बनाउने आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार १९:o५:oo

प्रधानमन्त्री केपी ओलीले सुक्खाकै कारण मधेश प्रदेशको अवस्था दयनीय रहेको बताउँदै तत्काल सरकारका सबै अंग तथा निकायलाई यहाँको अवस्था सुधार गर्न विशेष कार्यहरू गर्न निर्देशन दिएका छन्।

उनले गैरसरकारी संघसंस्थाहरूलाई समेत क्षमताअनुसारको सहयोग गर्न आग्रह गरे। उनले मटिहानी आउँदै गर्दा सर्लाहीदेखि नै माथिबाट खेतहरू अवलोकन गर्दै आएको बताए। अधिकांश खेतमा धानबाली नलागेको देखेकाले तत्काल सरकारको तर्फबाट कृषकहरूसँगै खानेपानीको आवश्यकता भएका सबै आमसर्वसाधारणका लागि कार्य अगाडि बढाउने बताए।

तत्कालीन र दीर्घकालीन योजनाहरूका माध्यमले समस्या समाधान गर्न सरकार अगाडि बढ्ने बताउँदै ओलीले हाललाई पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरे। एउटा डिप बोरिङले कम्तीमा ६० बिघा जग्गा सिञ्चित गर्न सकिने भन्दै उनले तत्काल यो काम अघि बढाउने आश्वासन दिए।

महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित प्रसूतिगृह तथा वडा नं. ७ स्थित बिग्ही नदीमा निर्माण भएको पुल उद्घाटन गर्न आइपुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले अब संकटग्रस्त घोषणाले मात्र जनताको पीडा सम्बोधन नहुने उल्लेख गर्दै छोटो अवधि र लामो अवधिका कार्यक्रमहरूमार्फत पीडा सम्बोधन गरिने बताए।

चुरेमा पानीको रिजर्भ्वायर बनाउने तथा तालतलैया निर्माण गरी जमिनको सतह सन्तुलनको उपाय गरिने बताए। उनले रिचार्ज सिस्टममा जमिनको सतहको पानी तल जाने अनुकूल वातावरण फर्काउन कार्यहरू गरिने उल्लेख गरे।

प्रधानमन्त्रीले औपचारिक कार्यक्रमपश्चात् मटिहानीस्थित लक्ष्मीनारायण मठ, पिरबाबा र मटिहानीस्थित देशकै जेठो गुरुकुल राजकीय संस्कृत माविको दर्शन तथा अवलोकन गरेका थिए। त्यसपश्चात् उनले बल्वा नगरपालिका– ११ रौजा र लोहारपट्टी नगरपालिका जोड्ने रातु नदीमा निर्माण भएको पुलको समेत उद्घाटन गरे।