मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार चोरीपैठारी गरेर कारोबार गर्ने अजय वेंगलविरुद्ध चार करोड ८३ लाख बिगोको राजस्व चुहावट मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

भन्सार चौरीपैठारी गरेर वस्तु कारोबार गर्ने अजय वेंगल स्टोर्सविरुद्ध चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो कायम गरेर राजस्व चुहावट मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागअन्तर्गत बुटवल राजस्व अनुसन्धान कार्यालयले शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित)को दफा २० (६)बमोजिम मुद्दा दायर गरेको हो। कार्यालयले राजस्व चुहावट कसुरमा वेंगल स्टोर्स र प्रोप्राइटर अजय अग्रहरी तथा कारोबारी पशुपति अग्रहरीलाई प्रतिवादी कायम गरेको छ।

बुटवल उपमहानगरपालिका– ५ न्युरोडमा रहेको अजय वेंगलले खरिद स्रोत नभएका भन्सार चोरीपैठारीका मालवस्तुको कारोबार गरेको, वास्तविक कारोबारको बिजक जारी नगरी मालवस्तु बिक्री गरेको अनुसन्धानमा भेटिएको छ। यसरी कारोबार गर्दा मूल्य अभिवृद्धि कर, भन्सार महसुल तथा कारोबार लुकाई आयकरसमेत छली गरेको दाबी कार्यालयको छ।

यस्तो कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको आरोपपत्रमा उल्लेख छ। ऐनको दफा ४ का (क), (ख), (च), (छ) र (झ) बमोजिम कसुर गरेको पुष्टि भएको अभियोग कार्यालयको छ। स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीको संयुक्त मिलेमतोमा राजस्व चुहावट गरिएको दाबी कार्यालयको छ।

कसुरमा चोरी पैठारीतर्फको अधिक मौज्दातको ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि करतर्फको न्यून मौज्दातको ९९ लाख ८९ हजार ९८४ र आयकरतर्फको दुई करोड ८७ लाख ५२ हजार १४७ समेत कुल चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो कायम गरिएको छ। प्रतिवादीविरुद्ध ऐनबमोजिम हदैसम्मको कैद मागदाबी गरिएको छ।