मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ९ शुक्रबार o७:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 मर्स्याङ्दीले गर्‍यो सावित्रालाई सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार o७:५५:oo

लमङजुङको मर्स्याङ्दी गाउँपालिकाले बिहीबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलगायतले फुटबलर भण्डारीलाई फूलमाला, दोसल्लासहित सम्मानित गरेका हुन् ।

कार्यक्रममा भण्डारीले गाउँपालिका अध्यक्षलाई आफूले लगाउने जर्सी उपहार दिएकी थिइन् । मर्स्याङ्दी गाउँपालिका– ९, सिम्पानी पामचोकमा जन्मिएकी सावित्रा हालै मात्र अस्ट्रेलियाको शीर्ष डिभिजन क्लबसँग आबद्ध भएकी छिन् । एसिया, युरोप तथा अस्ट्रेलियाली क्लबमा आबद्ध हुने उनी पहिलो नेपाली फुटबलर हुन् ।