मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ८ बिहीबार o८:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकको सेयर बिक्री प्रक्रिया रोक्न स्वार्थ समूहको दबाब 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार o८:१२:oo

हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर सस्तो मूल्यमा हत्याउने हिमालयन रिइन्स्योरेन्स सञ्चालक समूहको योजनालाई असफल बनाउँदै तीन सेयरधनीले आवेदन दिएपछि उनीहरूलाई पछि हट्न दबाब दिने र धम्क्याउने गतिविधि सुरु भएको छ । सेयर खरिदबाट पछि हट्न केही ठुला व्यवसायी र राष्ट्र बैंककै केही उच्च अधिकारीले घुमाउरो शैलीमा धम्क्याउने काम सुरु भएको स्रोत बताउँछ । आवेदन फिर्ता गराउने तथा उनीहरूलाई अयोग्य घोषणा गराउन दबाब दिन थालिएको छ । 

हिमालयन बैंकमा रहेको हबिब बैंकको दुई करोड ८० लाख १२ हजार चार सय ४७ दशमलव ४५ कित्ता सेयर खरिदका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एक व्यक्तिले आवेदन दिएका छन् । संस्थापकलाई आवेदन दिन नलगाउने र सस्तोमा पछि आफैँ खरिद गर्ने विवादास्पद व्यापारी दीपक भट्ट तथा शंकर समूहका सञ्चालक साहिल अग्रवालले योजना थियो । आफूहरूको योजना असफल हुने देखेपछि उनीहरूले शक्तिकेन्द्रबाट आवेदकहरूलाई पछि समस्या हुन सक्ने भन्दै तर्साउने काम भइरहेको स्रोत बताउँछ । साथै, हिमालयन बैंकको व्यवस्थापनमाथि पनि राष्ट्र बैंकबाटै ती कम्पनीलाई अयोग्य घोषणा गर्न दबाब दिइएको छ । संस्थापक समूहले खरिद नगरेपछि हिमालयन रिइन्स्योन्समार्फत सेयर किन्ने योजना थियो । त्यसका लागि उनीहरूले २५ चरणको योजना बनाएका थिए । संस्थापकले नै सेयर किन्ने प्रक्रिया अघि बढाएपछि सो समूहको योजना असफल हुने सम्भावना देखिएको हो । 

बैंकले न्यूनतम मूल्य कम राखेर सेयर बिक्रीमा राखेको छ । बैंकले नेटवर्थभन्दा कम मूल्य राखेर प्रतिसेयर ११२ रुपैयाँ ८० पैसा न्यूनतम दरमा संस्थापक सेयर बिक्रीका लागि सूचना निकालेको थियो । जबकि बैंकले सर्वसाधारणलाई भने हालै बैंकले एक सय ५७ रुपैयाँमा एफपिओ खुलाएको छ । 
यसअघि हबिबको सेयर १३० रुपैयाँ प्रतिकित्ता बिक्रीको प्रक्रिया अघि बढाइएकोमा हाल मूल्य घटाएर बिक्री गर्ने प्रक्रिया अघि बढाइएको हो । सो सेयर किन्ने मुख्य दाबेदार कर्मचारी सञ्चय कोष मानिएको थियो । तर, कोषलाई दबाबमा रोकिएको थियो । दुई कम्पनी र एक व्यक्तिमध्ये धेरै बोलकबोल गर्नेले सेयर पाउने सम्भावना छ । तर, यो प्रक्रिया रोक्न दबाब परिरहेको हिमालयन बैंक स्रोत बताउँछ ।