मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ६ मंगलबार o७:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातौँ खेलसम्म पुलिस अपराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार o७:५८:oo

नेपाल पुलिस क्लबले सोमबार एन्फा यू–१६ लिगमा आफ्नो अपराजित यात्रा सातौँ खेलसम्म पुर्‍याएको छ । पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई २–० ले हरायो । सातदोबाटोस्थित एन्फा मैदानमा पुलिसलाई जित दिलाउन समीर तामाङले दुवै गोल गरेका थिए ।

लिगमा मच्छिन्द्रको यो पहिलो हार हो । समीरले नवौँ मिनेटमा पुलिसलाई १–० को अग्रता दिलाए । खेलको १९औं मिनेटमा उनले पुलिसलाई २–० को स्थितिमा राखे । लिगमा पुलिसको यो छैटौं जित हो ।

उसले एक खेलमा बराबरी नतिजा निकालेको थियो । पुलिसले १९ अंक बटुलेको छ । मच्छिन्द्रले ६ खेलबाट १४ अंक जोडेको छ । अर्को खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी)लाई ३–१ ले हरायो । चर्च ब्वाइजले श्री भगवती क्लबलाई ४–२ ले पाखा लगायो ।