मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
२o८२ श्रावण ५ सोमबार १o:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बंगलादेशसँग पाकिस्तान सात विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १o:oo:oo

बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो टी–२० आई क्रिकेट प्रतियोगितामा सात विकेटको जित निकालेको छ । बंगलादेशको मिरपुरमा आइतबार पहिलो ब्याटिङ गरेको पाकिस्तान १९.३ ओभरमा ११० रनमै समेटिएको थियो । प्रत्युत्तरमा बंगलादेशले १५.३ ओभरमा तीन विकेटको क्षतिमा ११२ रन जोड्दै पहिलो टी–२०आईमा सानदार जित निकाल्यो ।

घरेलु टोलीलाई जित दिलाउन दोस्रा ओपनर प्रभेज हुसेनले ३९ बलमा तीन चौका र पाँच छक्का प्रहार गरी ५६ रनको योगदान दिए । यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानको इनिङ्समा ओपनर फखर जमानले ३४ बलमा ४४ रन बटुलेका थिए । बलिङमा बंगलादेशका तक्सिन अहमेदले २२ रन खर्चेर तीन तथा मुस्ताफिजुर रहमानले ६ रन खर्चंदै दुई विकेट हात पारे ।