
बर्दियामा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीले आइतबार बाँके बैजनाथ गाउँपालिका– ५, छमनियाका २४ वर्षीय कर्णबहादुर लोहार तथा बढैयाताल गाउँपालिका– ५, जगतियाका २४ वर्षीय राहुल थारू र २१ वर्षीय शिवप्रसाद थारूलाई पक्राउ गरेको हो।
बढैयाताल गाउँपालिका– ७ पचासाबाट पक्राउ गरेको लोहारको साथमा १ ग्राम ३५० मिलिग्राम तथा बढैयाताल गाउँपालिका– ६, खल्लागाउँबाट पक्राउ परेका राहुल थारू र शिवप्रसाद थारूको साथमा ४० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।
उनले भने, ‘पक्राउ परेकाहरूलाई सोमबार बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।’