
काठमाडौं जिल्ला अदालतमा मुद्दा घटाउन के–कस्ता काम भइरहेका छन् ?
बैंकिङ कसुरसम्बन्धी कसुर ‘हाई कोर्ट’बाट सबै जिल्ला अदालतमा सारिएपछि मुद्दाको संख्या ह्वात्तै बढेको थियो । त्यसबाहेक सामान्य अवस्थामा पनि काठमाडौं जिल्ला अदालतमा आउने मुद्दा अलि धेरै नै हुने गर्थे । त्यसबाहेक कतिपय मुद्दामा अदालतको कारणभन्दा अन्य कारणले पनि ढिलाइ हुने गरेको छ । विशेषतः सरकारवादी मुद्दामा प्रमाण समयमै उपलब्ध नगराइदिँदा मुद्दाको अंग नपुगेर फस्र्योटमा ढिलाई हुन्छ । त्यसबोहक पनि मुद्दाका पक्षहरूले मुद्दाको पेसी सार्ने, ढिलो गराउने, मुद्दामाथि मुद्दा खाप्ने गर्दा पनि फस्र्योट ढिलो हुन्छ । यसका बाबजुद मुद्दाको फस्र्योट छिटो गर्न जिल्ला अदालतमा पारिवारिक फाँट बनाइएको छ । अभियानसम्बन्धी मुद्दा हेर्न अभियान फाँट पनि बनाइएको छ । काम नभएको होइन, कुनै–कुनै इजलासबाट हजारभन्दा बढी मुद्दा फैसला भएका पनि छन्
मुुद्दा बढ्ने देखिएपछि सोहीअनुसार मुद्दा सम्बोधन गर्नका लागि तयारी पनि हुनुपर्ने हो । त्यस्तो नभएको हो कि ?
त्यस्तो होइन, फैसला फर्स्योट शीघ्र बनाउनका लागि आवश्यक कर्मचारी, प्राविधिक र प्रविधिको अभाव छ । यसका बाबजुद मुद्दा घटाउनेतर्फ काम भइरहेको छ । बारले पनि यसको पहल गरिरहेको छ । दीर्घकालीन समस्या समधानका लागि काठमाडौँ जिल्ला अदालत नजिकको जग्गा प्राप्तिको पहल बार–बेन्चको बैठकबाट सामूहिक निर्णय गरेर सर्वोच्च अदालतसम्म कुरा पु¥याइएको थियो । तर, त्यहाँ बिचौलियाहरू हाबी भएर हामीलाई जग्गा दिइएन । अब न्यायसम्पादन महŒवपूर्ण कि व्यावसायिक भवन रु फेरि व्यावसायिक क्षेत्र पनि होइन त्यो रु त्यस्तै, भएर त्यो काम सम्पन्न भएन । त्यसबाहेक अदालत पर्याप्त मात्रामा प्रविधिमैत्री बन्न सकेको छैन । फाँटमा एकजना कर्मचारी तारिखमा मात्र व्यस्त हुनुपर्ने अवस्था छ । यसमा पनि हामीले अनलाइन तारिखको व्यवस्था मिलाउनुपर्छ भनिरहेका छौँ ।
कर्मचारी कम भएको कुरा छ, तिनको भर्तीमा समस्या देखिएको हो र ?
यसमा के भयो भने बिचमा करारमा कर्मचारी राखिएको थियो । तर, पछि फेरि हटाइयो । हामीले नै अस्थायी कर्मचारीबाट न्यायसम्पादन चुस्त नहुने भनेर कुरा उठाएको थियौँ । करार कर्मचारी हटाइएपछि स्थायी कर्मचारी नआइसकेको अवस्थामा कर्मचारीको अलिकति अभाव देखिएको हो । तर, काठमाडौं अदालतमा मुद्दाको चाप हेर्दा जति कर्मचारी राख्दा पनि अभावजस्तै देखिन्छ ।