मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण २ शुक्रबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार १२:४१:oo

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।

यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा विन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो ।

‘अब झापाको बिमितले कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचीकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउनेछन्,’ उनले भने, ‘प्रथम सेवा विन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो । ती प्रथम सेवा विन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र (रिफरल) अस्पतालमा गएर उपचार विमितले पाउनेछन् ।’

देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डले संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ ।

बोर्डमा हाल ९४ लाख बिमित आबद्ध छन् । यस्तै, बोर्डले प्रत्येक स्थानीय तहमा एक–एकवटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था राख्न अनुरोध गरेको छ ।
बोर्डका सूचना अधिकारी मल्लले स्थानीय तहअन्तर्गतका कुन–कुन सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो सोको जानकारी गराउन आग्रह गरे ।

सरकारले २०७२ साल कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई उपचार सेवा पुर्‍याउँदै आएको छ । रासस