मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २ शुक्रबार ११:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खल्ती र आइएमई पेको एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार ११:११:oo

आइएमई पे र खल्ती एकआपसमा मर्ज भई ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको छ । पहिलोपटक दुई वालेटबिच भएको यस एकीकरणको बुधबार औपचारिक घोषणा गरिएको हो ।  

एक मात्र ब्याज दिने वालेटका रूपमा रहेको आइएमई पे रेमिट्यान्स, इनड्राइभ भुक्तानीजस्ता सेवाका लागि र खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्नो नयाँ इनोभेसनका कारण युवापुस्तामाझ लोकप्रिय थिए । मर्जपश्चात् दुवैले आ–आफ्ना उत्कृष्ट फिचरलाई अझै परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा पस्किनेछन् ।

साबिकका आइएमई पेका प्रयोगकर्ताका लागि ‘खल्ती बाई आइएमई’मा माइग्रेट गर्ने सुविधा सार्वजनिक भइसकेको छ, जसबाट आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट र सम्पूर्ण विवरण नयाँ एपमा स्थानान्तरण हुनेछन् ।

एकीकृत कारोबारको औपचारिक सुरुवात कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, बमबहादुर मिश्रले उक्त समारोहमा डिजिटल भुक्तानीले वित्तीय पारदर्शकताको बढोत्तरी हुने भएका कारण हरेक क्षेत्रमा यसको लागू हुन जरुरी भएको बताए ।

त्यस्तै, आइएमई पेका अध्यक्ष कृष्णप्रसाद शर्माले खल्तीसँगको एकताबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिने बताए । खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले भने, ‘अब आइएमई खल्ती लिमिटेडले सम्पूर्ण देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्नेछ ।’

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन र भिजनबारे बताउँदै डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।