
नेकपा माओवादी केन्द्रका नेता केशव पुडासैनी ‘विमल’ले पार्टी परित्याग गरेकाे घाेषाणा गरेका छन् । शुक्रबार उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सामाजिक सञ्जालफमार्फत जानकारी दिएका छन् ।
०४४ सालमा नेपाल कम्युनिस्ट पार्टी मसालको भ्रातृ संगठन अनेरास्वियुको इकाइ सदस्य हुँदै १० वर्षे जनयुद्धदेखि हालसम्म आफूले निष्ठापूर्वक पार्टीमा योगदान गरेको, तर अब पार्टीमा बस्न नसक्ने भन्दै उनले राजीनामा दिएको बताएका छन् । उनले माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षलाई राजीनामापत्र पठाएका छन्।
३८ वर्ष लामो राजनीतिक दौरानमा प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । उनले के कारणले राजीनामा दिए भन्नेबारे भने खुलेको छैन ।