मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीको विषय प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३७:oo

सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणाको विषय नेकपा एमालेको बैठकमा प्रवेश गरेको छ। च्यासलमा जारी सचिवालय बैठकमा पूर्वराष्ट्रपतिको विषयले प्रवेश पाएको हो।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले नै भण्डारीसँग छलफल गर्नुपर्ने र आवश्यक परे सचिवालय, केन्द्रीय कमिटीमा छलफल हुने बताएका एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

बैठकका बारेमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले भने, ‘छलफल हुन्छ। अध्यक्षले नै छलफल गर्नुपर्छ भन्नुभएको छ। उहाँ (भण्डारी)ले सार्वजनिक ढंगले घोषणा गरिसकेपछि उहाँको निजी विषय मात्रै भएन। यो  पार्टीको सार्वजनिक विषय भयो।’

पूर्वराष्ट्रपतिले सबै सेवा-सुविधा त्यागेर पार्टी राजनीतिमा फर्कने घोषणा गरेकाले उनलाई सम्मानजनक ठाउँ दिनुपर्ने प्रस्ट पारे। ‘उहाँ आउनुहुन्छ पार्टीमा सक्रिय हुन भने उहाँलाई उचित स्थान पनि दिनुपर्छ। उहाँको सम्मानजनक ठाउँ पनि खोज्नुपर्छ। पार्टीको हाई लेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ।’

एमालेको संगठन निर्माणमा भण्डारीको ठुलो भूमिका रहेको उल्लेख गर्दै भट्टराईले थपे, ‘उहाँले पार्टीको प्रणाली बुझ्नुभएको छ, यो पार्टी स्थापनामा उहाँको पनि ठुलो भूमिका छ। त्यसकारण उहाँजत्तिको मान्छेले पार्टीको प्रणालीबाटै जानुहुन्छ। मलाई लाग्छ, यसलाई हामी सम्मानजनक ढंगले नै सेटल गर्छौँ।’