मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गहुँ र धानको बिउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

जिल्लाका एक हजार २५३ किसानले बिउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका नाै कृषक फर्ममा आबद्ध ती किसानलाई बिउ उत्पादन गरेबापत रु. एक करोड ४७ लाख ८० हजार ३५० वितरण गरेको हो ।

कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरूले रु. एक हजार एक सयदेखि रु. एक लाख ४३ हजारसम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरूलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रकम वितरण गरिएको हो । उनले भने, ‘स्रोत बिउमा प्रतिहेक्टर रु. २० हजार र उन्नत बिउमा प्रतिहेक्टर रु. १५ हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो ।’ गहुँ र धानको उत्पादनमा किसानहरूले प्रोत्साहन रकम पाएका हुन् ।

कतिपय किसान भने जग्गा धनीपुर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उनले बताए । उनका अनुसार ९६१.८३ हेक्टर क्षेत्रफलमा बिउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन् ।

कृषि विकास कार्यालय चितवनले ‘बिउबिजन आत्मनिर्भर कार्यक्रम’अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बिउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताए ।

आगामी दिनमा थप किसानलक्षित कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । किसानलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्नसमेत उनले आग्रह गरे ।