
लालबन्दी नगरपालिका– १ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना.६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका– ७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।
११ हजार भोल्टको विद्युत् प्रसारणलाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनकाे हरिवनस्थित नमुना अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रूपमा घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।