मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १ बिहीबार o९:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार o९:५४:oo

नेपाल–बेलायत संसदीय मैत्री समूहको दोस्रो बैठक बिहीबार बस्ने भएको छ।नेपाल–बेलायत सम्बन्धमा काम गरिरहेका संस्थाहरूसँग छलफल गर्न संयोजक विराजभक्त श्रेष्ठले बिहीबार बिहान ११ बजे अर्थ समितिको हलमा बस्ने गरी बैठक बोलाएका हुन् । 

सांसद श्रेष्ठको सचिवालयअनुसार संसदीय मैत्री समूहले नेपाल–बेलायत सम्बन्धका विभिन्न क्षेत्रमा काम गरिरहेका वेस्टमिनिस्टर फाउन्डेसन फर डेमोक्रेसी (WFD) र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्री संस्थासँग छलफल गर्नेछ । 

समितिको पहिलो बैठक १२ जेठमा बसेको थियो। मैत्री समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्वाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र सिके राउत सदस्य छन्। मैत्री समूहले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबिच आपसी समन्वय र सहयोग विस्तार गर्ने काम गरिरहेको संयोजक श्रेष्ठले बताए ।