मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३२ बुधबार १५:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १५:o२:oo

लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु. ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु ०.५  प्रतिशत मात्रै भएको बैठकलाई अवगत गराइयो ।

कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आव लाग्नुअगावै आगामी आवकाे बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो ।