मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
रासस काठमाडौं
२o८२ असार ३२ बुधबार १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगर यातायातद्वारा १२ वटा विद्युतीय बस सञ्चालन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १४:५६:oo

महानगर यातायात प्रालिले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ती बस चक्रपथभित्र सञ्चालन हुनेछन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज बिहीबार एक कार्यक्रमबिच नयाँ बससेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए। 

उनले भने, ‘सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ। यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता हो।’

कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्रालि पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताए। कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बससेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

सो कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ। कम्पनीले स्वस्थ वातावरणको प्रवर्द्धन र सहरी यातायातको दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।