मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ल्डलिंक कम्युनिकेसन्स काठमाडौं गोर्खाजको शीर्ष प्रायोजक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४८:oo

इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने भएको छ । दुवै पक्षबिच भएको सम्झौतामा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरेका हुन् । 

सम्झौता कार्यक्रममा बोल्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले कम्पनीले लामो समयदेखि भुइँ तहमा क्रिकेटको समर्थन गर्दै आएको बताए । ‘अब काठमाडौं गोर्खाजमार्फत हामीले त्योसाथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ,’ उनले भने, ‘खेलको दीर्घकालीन प्रगतिका लागि यस्ता सहकार्यहरू आवश्यक छन्।’

त्यस्तै, काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले र लिगको सफलता ठुला कम्पनीहरूको सहभागितासँग जोडिने र त्यही क्रममा वर्ल्डलिंकजस्तो प्रतिष्ठित ब्रान्ड आफ्नो टोलीमार्फत एनपिएलमा जोडिन लागेको बताए । ‘यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौँ,’ उनले भने । दुई संस्थाबिचको साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

आगामी सिजनका लागि काठमाडौं गोर्खाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी)सहित भीम सार्की, साहब आलम, रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ ।