मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार o९:३१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा क्लब विश्वकपको फाइनल आज : पहिलोपटक च्याम्पियन  बन्ने योजनामा फ्रेन्च टोली पिएसजी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o९:३१:oo

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलोपटक च्याम्पियन बन्ने योजनामा हुँदा इंग्लिस प्रिमियर लिगको चेल्सी दोस्रो उपाधि जित्ने दाउमा

फिफा क्लब विश्वकप २०२५ को उपाधिका लागि आज फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सी भिड्दै छन् । खेल अमेरिकाको मेट लाइफ स्टेडियममा हुनेछ । पिएसजी क्लब इतिहासमा पहिलोपटक उपाधि जित्ने योजनामा छ । टोली पहिलोपटक फाइनलमा स्थान बनाउन सफल भएको हो । यता, चेल्सी भने दोस्रोपटक उपाधि भिœयाउने रणनीतिका साथ मैदान उत्रनेछ । फाइनलअघि दुवै टोली समान एक खेलमा पराजित भएका छन् । 

क्लब इतिहासमा चेल्सीले सन् २०२१ पहिलोपटक उपाधि उचालेको हो । सन् २०१२ भने टोली उपविजेता भएको थियो । तर, यसपटक चेल्सीको सिजन राम्रो हुन सकेन । लगातार खराब प्रदर्शनपछि उपाधिविहीन भयो । ठुलो संघर्षपछि इंग्लिस प्रिमियर लिगमा चेल्सीले चौथो स्थान हासिल गर्दै च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । 

ठिक उल्टो पिएसजी भने क्लब इतिहासकै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यस सिजन फ्रेन्च लिगसँगै लिग कप पनि जित्यो । लुइस इन्रिक्वेको प्रशिक्षणमा टोलीले प्रभावशाली प्रदर्शन गर्दै च्याम्पियन्स लिग उपाधि नै उचाल्यो । त्यो पनि फाइनलमा इटालीको इन्टर मिलानलाई ५–० ले हराउँदै । यता, विश्वकपमा पनि टोलीको प्रदर्शन उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगको कीर्तिमानी विजेता रियाल मड्रिडलाई सेमिफाइनलमा ४–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । क्वार्टरफाइनलमा बायर्न म्युुनिखलाई हराएको थियो । 

फिफा अध्यक्ष जियानी इन्फान्टिनोकोले महत्वाकांक्षी बनाएको प्रतियोगितामा पहिलोपटक ३२ क्लब सहभागी भएका हुन् । सुरुमा प्रतियोगितामा दक्षिण अफ्रिकी राष्ट्रमा प्रभुत्व हुने आकलन गरिएको थियो । अध्यधिक गर्मी मौसका कारण युरोपेली मुलुकका खेलाडीलाई खेल्न गाह्रो हुने अनुमान गरिएको थियो । तर, लगातार खेल्दै युरोपेली राष्ट्र नै उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउन सफल भएका छन् । 

उपाधि भिडन्तमा पिएजीका लागि औसमाने डेम्बेले, भिटिन्हा, मार्किन्होस, डिसाइयर डोउ, अचराफ हाकिमी, नुनो मेन्डिस, जिआनुइजी डोनारुम्माजस्ता खेलाडी छन् । यता, चेल्सीका विश्वविजेता अर्जेन्टिनी स्टार एन्जो फर्नान्डेज, क्रिस्टोफर एकुन्कु, मार्क कुकुरेला, कोल पाल्मर, रोबर्ट सान्चेजजस्ता खेलाडीले महत्वपूर्ण प्रदर्शन गर्दै आएका छन् । खेलअघि दुवै टोलीका प्रशिक्षकले उपाधि जित्ने योजना सुनाएका छन् । चेल्सीका एन्जो मारेस्काले टोली उपाधि जित्न सक्षम रहेको सुनाएका छन् । उनले पिएसजी बलियो टोली रहेको पनि सुनाए । यता, पिएसजीका इन्रिक्वेले उपाधि जित्न खेल्ने बताएका छन् । ‘हामी उपाधि जित्न प्रयास गर्नेछौँ । पछिल्लो समय निकै राम्रो भएको छ । त्यसलाई निरन्तरता दिन्छौँ ।’ 

यता, खेलमा चेल्सीलाई खेलाडीको चोट तथा प्रतिबन्धले सताउनेछैन । ठिक उल्टो पिएसजीले भने आफ्ना महत्वपूर्ण दुई खेलाडी गुमाउनेछ । सेमिफाइनलमा रियालविरुद्ध लुकास हेर्नान्डेज र विलियन पाचोले सीधै रातोकार्ड व्यहोरेका थिए । फाइनलमा दुवै खेलाडी उपलब्ध हुनेछैनन् । 

फाइनलमा अस्ट्रेलियन रेफ्री
फिफा क्लब विश्वकपको फाइनल खेल अस्ट्रेलियाका रेफ्री अलिरेजा फगानीले खेलाउने भएका छन् । ४७ वर्षीय फगानी इरानमा जन्मिएर अहिले अस्ट्रेलियाबाट रेफ्री गर्ने गर्छन् । उनी सन् २०१६ को ओलम्पिक फाइनलमा ब्राजिलले जर्मनीलाई हराउँदा पनि निर्णायक भूमिकामा थिए । यस वर्षको क्लब विश्वकपमा उनले बायर्न म्युनिख र चेल्सीजस्ता टिमको खेल खेलाइसकेका छन् । उनले सन् २०१८ र २०२२ को फिफा विश्वकपका केही खेल खेलाएका थिए ।