
सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ५, औरही मलाह टोलबाट प्रहरीले दुई क्विन्टल बढी गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
औरही गाउँपालिका– ५ मा लागुऔषध गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले सातवटा कालो रङको प्लास्टिकको पोकामा प्याक गरिएको दुई क्विन्टल १२ किलो ९२५ ग्राम गाँजासहित स्थानीय २३ वर्षीय रामउद्गार मलाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मलाह टोलमा सवारीसाधनमा गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मलाहलाई गाँजासहित पक्राउ गरेको हो।
प्रहरीले गाँजासहित प्र २–०१–००३ प १५५४ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार मलाहलाई लागुऔषध ओसारपसारसम्बन्धी मुद्दामा सिराहा जिल्ला अदालतबाट आइतबार पहिलोपटक शुक्रबारदेखि लागू हुने गरी पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।