१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २४ मंगलबार ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यी हुन् रसुवा बाढीमा बेपत्ता भएकाहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार ११:५८:oo

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलाको बाढीमा परी बेपत्ता हुनेहरूको विवरण सार्वजनिक भएको छ।  तीन प्रहरी, ६ चिनियाँसहित सम्पर्कविहीन रहेका १८ जनाको विवरण सुरक्षा निकायले सार्वजनिक गरेको हो। 

सम्पर्कविहीन हुनेमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछाप लिखु तामाकोशी– ४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, पर्सा दरबन्दी भई टिमुरेमा कार्यरत बारा फेटा– १ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ दरबन्दी भई टिमुरेमै कार्यरत प्रहरी जवान बझाङ बुंगल– ९ का २३ वर्षीय लोकेन्द्र बोहोरा रहेका छन्।

त्यसैगरी, बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू, ३० वर्षीय सुरेश थारू बेपत्ता छन्। उमेर नखुलेका बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनरचालक फुर्वा लामा, ठेगाना नखुलेका मिक्सचरचालक गोविन्द मोक्तान र हाइलक्सचालक लोकमान तामाङ पनि सम्पर्कविहीन छन्।

उमेर नखुलेका चिनियाँ नागरिकहरु YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG बेपत्ता छन्।