१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
२o८२ असार २४ मंगलबार o७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा भीषण बाढी आउँदा मितेरी पुल बगायो  

भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी फसे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार o७:५९:oo

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेको जानकारी दिए । हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के–कति क्षति पुर्‍यायो भन्ने सम्बन्धमा तथ्यांक संकलन भइरहेको पनि उनले जानकारी दिए ।

यस्तै, रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्धारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।