१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २४ मंगलबार o७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिवि उपकुलपतिमा तीनजनाको नाम सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार o७:२२:oo

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा एमालेनिकट प्राध्यापकलाई नियुक्तिको तयारी गरिएको छ । उपकुलपति छनोट तथा सिफारिस गर्न गठित समितिले टुंगो लगाएका नाममा अधिकांश एमालेनिकट व्यक्तिलाई अघि सारिएको हो ।

शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले त्रिविका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल र प्रा.डा. दीपक अर्यालको नाम टुंगो लगाएको हो । तीनैजनाको नाम सोमबार नै प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी ओलीलाई बुझाइएको छ।

सिफारिस समितिका अनुसार उपकुलपतिका लागि १२ जनाले आवदेन दिएका थिए । तर, प्रतिस्पर्धामा रहेका १२ बाट पाँचजना र पाँचबाट पनि तीनजनाको नाम टुंगो लगाइएको हो । शिक्षा मन्त्रालयका अनुसार पाँचजनाको लिस्टमा त्रिवि निमित्त उपकुलपति केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा दीपक अर्याल, प्रा.डा.उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेती थिए । प्रधानमन्त्री ओलीले विनिल अर्याललाई उपकुलपति बनाउन चाहेको स्रोतको दाबी छ ।

सिफारिसमा परेका दीपक अर्याल त्रिवि जलवायु विज्ञानका प्राध्यापक तथा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वविभागीय प्रमुखसमेत हुन् । उनी जल तथा मौसमविज्ञ हुन् । जापानबाट पिएचडी गरेका उनी नास्टका प्राज्ञ पनि हुन् ।

प्रा.डा. विनिल अर्याल विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्वडिन र भौतिकशास्त्रका प्राध्यापक हुन् । उनी पनि नास्टकै प्राज्ञ हुन् । प्रा.डा. केसी त्रिविका शिक्षाध्यक्ष हुँदै हाल निमित्त उपकुलपति छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक केन्द्रीय विभागमा प्रमुख भएर काम गरेका छन् ।