१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
रासस काठमाडौं
Invalid date format १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

नेकपा एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ।

स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए।

उनका अनुसार स्थानीय तहका १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ। यसैगरी एमालेका करिब ६ हजार वडाका अधिवेशन सकिएका छन्। आयोगका अध्यक्ष डा. सुब्बाले अधिवेशन गर्न बाँकी ९८ कमिटीको विधान महाधिवेशनभन्दा पहिला नै सक्ने गरी काम अघि बढाएको जानकारी दिए।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म तोकिएको छ। पार्टीका २३ जनसंगठनमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेका छन्।