१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
सौरभ यादव सर्लाही
Invalid date format १७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
सौरभ यादव, सर्लाही
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए। एसपी खड्कालाई यादवले गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ।

अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले बताए।