१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १९:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिमका उद्योगमन्त्री चौधरी पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२८:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई पदबाट हटाउँदै उक्त मन्त्रालयको जिम्मेवारी अहिले आफूसँग राखेको जानकारी दिएका छन्।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका हुन्। खप्तड पर्यटन क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री र मन्त्री चौधरीबिच असमझदारी भएको थियो। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आर्थिक चलखेलका आधारमा मन्त्रालयको बजेट विनियोजन गरेको विषयमा पनि मुख्यमन्त्री शाह मन्त्री चौधरीसँग असन्तुष्ट थिए।

कार्यकारी निर्देशक नियुक्त गर्दा आफूसँग सल्लाह नगरेको भन्दै मुख्यमन्त्री शाहले गत ३ असारमै मन्त्री चौधरीलाई फोन गरेर राजीनामा दिन भनेका थिए। मन्त्री चौधरीले भने पदबाट राजीनामा नदिने भन्दै बर्खास्त गर्न मुख्यमन्त्रीलाई चुनौती दिएका थिए।

बजेट पारित भएको दोस्रो दिन मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई पदबाट हटाएका हुन्। मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट गत १९ जेठमा खप्तडको कार्यकारी निर्देशकमा डोटीका खेमराज जोशीलाई नियुक्त गरेका थिए। मुख्यमन्त्रीको सचिवालयका अनुसार कार्यकारी नियुक्त गर्दा मन्त्री चौधरीले मुख्यमन्त्रीसँग सल्लाह गरेका थिएनन्। कार्यकारी निर्देशकले उपसचिवस्तरको सेवासुविधा पाउने व्यवस्था छ।

आर्थिक लेनदेनसँग जोडिएको अडियो संवाद सार्वजनिक भएपछि नागरिक उन्मुक्तिका तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीले गत फागुनमा पदबाट राजीनामा दिनुपरेको थियो। रामेश्वर ४ जेठमा मन्त्री नियुक्त भएका थिए।